![]()
काठमाडौ,असार ।
गैरसरकारी संस्थाको सम्पत्ति छानविन नगर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई दवाव दिईरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले गैरसरकारी संस्थाको सम्पत्ति छानविन गर्ने तयारी गरिरहेका थिए । तर,गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् । गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।
त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो । हुनः२०४६ सालपछि खुल्ला राजनीतिमा आएको एमालेलाई मलजल गर्ने आईएनजिओहरु नै हुन् । मुलुकभरीका एनजिओ मध्ये तत्कालिन एमाले र अहिलेको नेकपाका कार्यकर्ताको हालीमुहाली रहेका एनजिओको संख्या ९७ प्रतिशत छ । तत्कालिन एमालेले गाउँ–गाउँमा संगठन विस्तार र चुनावी खर्चमध्ये ९० प्रतिशत बढी एनजिओकै देन रहेको छ ।


