Breaking News.... EverestOnlineKhabar
June 24, 2026

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरियो

Loading

एजेन्सी,असार ।
संयुक्तराष्ट्र संघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको घोषणा गरेका हुन् ।
तर, परिषद्का प्रमुख जेद बिन राद अल हुसेनले भने अमेरिकालाई मानवअधिकारको रक्षाबाट पछि नहट्न आग्रह गरेका छन् । राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले मानवअधिकार परिषद्ले भेनेजुएला र इरानमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा केही नबोलेको र कंगोजस्ता देशलाई नयाँ सदस्य दिएर परिषद्ले मानवअधिकारको पक्षमा वकालत गर्न नसुहाउने बताइन् ।
उनले यस्ता संस्थाले मानवअधिकारलाई हानिमात्र पुर्‍याउने टिप्पणी गरिन् । उनले परिषद् राजनीतिक पक्षपातबाट प्रेरित भएको आरोप पनि लगाइन् । परिषद्बाट बाहिरिनु मानवअधिकारप्रतिको जिम्मेवारीबाट मुक्त हुन खोजेको भने नहुने उनले स्पस्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed