Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मकवानपुरको इन्द्रसरोवर र भीमफेदीमा पहिरो, सवारी अबरुद्ध

Loading

मकवानपुर,असार ।
मकवानपुरको दुई स्थानमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । जिल्लाको इन्द्रसरोवर गाँउपालिका–२ को क्षेपारे तथा कुलेखानी र भीमफेदी गाउँपालिका–२, को महावीरमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको हो ।
सडकमा पहिरो खसेपछि शनिबार बेलुकी ७ बजेदेखि भीमफेदी गाँउपालिका–२, महावीर हुँदै पालुङ–काठमाडौं चल्ने सवारी साधन प्रभावित भएका छन् । यता गएराति नै क्षेपारे र कुलेखानीमा खसेको पहिरोका कारण फर्पिङ–सिस्नेरी चल्ने सवारी साधन पनि चल्न सकेको छैन । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।
उता, काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८, कोदारी भीरस्थित हिगुवापाटी–मेलम्ची सडकखण्ड बिहान २ बजेबाट अबरुद्ध भएको छ । लेदो हिलो पहिरो सडकमा खसेपछि बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी हिगुवापाटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed