![]()
बीबीसी । अमेरिकाको सीमा क्षेत्रबाट पछिल्लो ६ हप्तामा झण्डै २ हजार बालबालिकालाई उनीहरुका अभिभावकबाट विछोडिएको सरकारी अधिकारीले बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रबाट अवैध रुपमा आप्रवासीको अमेरिका प्रवेशमा रोक लगाउन कडा नीति लिएको छ । यही अभियान अन्तर्गत सीमा क्षेत्रमा रहेका अधिकारीले अभिभावकलाई बन्दी बनाएका छन् ।
यसको अर्थ उनीहरुका सन्तान विछोडिएका छन् । बालबालिकाले स्याहार पाएका छैनन् । यसको प्रभाव अमेरिकी राजनीतिमा परेको छ । अमेरिकी महान्यायाधीवक्ता जेफ सेसन्सले ट्रम्प प्रशासनको अवैध आप्रवासी विरुद्ध शून्य सहनशीलता नीतिको बचाउ गरेका छन् ।
यसको अर्थ अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेलाई अपराधि सहर व्यवहार गरिन्छ । पछिल्लो ६ हप्तामा सीमा क्षेत्रबाट १९ सय ९५ बालबालिका उनीहरुका अभिभावकबाट विछोडिएका छन् ।
सरकारी अधिकारीले १९ सय ४० अभिभावकलाई अप्रिल १९ देखि मे ३१ सम्म पक्राउ गरेको हो । अभिभावकबाट अलग भएका बालबालिकाको उमेर भने खुलाइएको छैन । बालबालिकाहरुलाई अमेकिराको स्वास्थ्य तथा मानव सेवा विभागको स्याहार केन्द्र पठाइएको छ ।


