Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कि आएपछि सुरक्षा व्यवस्था कडा

Loading

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्कि आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।
केहि दिन अगाडि लोरेन्श बिस्नोई नामका ग्याङ्स्टारले खुलेआम ज्यान मार्ने धम्की दिएपछि सलमानको सुरक्षा बढाइएको हो ।

सलमान खानलाई कालो हरिणको शिकार गरेको मुद्दाको सुनुवाईको लागि जयपुर कोर्ट जाने बेला यस्तो धम्की आएको थियो । त्यो बेलामा लोरेन्सको धम्कीमा कसैले धेरै ध्यान दिएको थिएनन् तर सन् २०१८ को मे ६ मा हरियाणा पुलिसले लोरेन्सको एक खबरीलाई पक्रिएपछि लोरेन्सको पूरै योजना थाहा भएको हो ।

लोरेन्सको पूरै योजनाबारे पक्राउ परेका व्यक्तिले जानकारी दिएपछि सलमानको सुरक्षा बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.