Breaking News.... EverestOnlineKhabar
June 26, 2026

यस्तो छ विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत, रोनाल्डिन्हो पनि भिडियोमा

Loading

एजेन्सी  ।  विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत सार्वजनिक गरिएको छ। ‘लिभ इट अप’ शीर्षकको भिडियो गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले  सार्वजनिक गरेको हो।

गीतको अडियो भने फिफाले १५ दिनअघि सार्वजनिक गरेको थियो। गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन्। गीतमा वील स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ।

तीनै जना भिडियोमा देखिएका छन्। साथै ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पनि भिडियोमा देखिएका छन्। उनले भिडियोमा गायकको साथमा फुटबल कौशल देखाएका छन्।

गीत डिल्लोले निर्माण गरेको हो। अघिल्लो विश्वकपमा ‘वि आर वान’ बोलको गीत बनाएको थियो। सो गीतमा पिटबुल र साकिराले स्वर दिएका थिए। त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो। साकिराले गाएको ‘वाका वाका अफ्रिका’ को भिडियो र गीत अहिले पनि चर्चित छ।

जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कालकारले अफ्नो प्रस्तुती दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.