Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डा.देवकोटालाई जन्मथलो गोरखा पुर्याएपछि भेटन आफन्त र शुभचिन्तकको घुँइचो

Loading

काठमाडौं । पित्तथलीको गम्भीर क्यान्सरबाट ग्रसित स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटलाई शनिवार उहाँको जन्मथलो गोरखा पुर्याइयो । डा. देवकोटाले एकपटक जन्मघर पुग्ने इच्छा गरेपछि उहाँलाई हेलिकप्टरमार्फत गोरखा लगिएको हो ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत बरिष्ठ न्यूरो सर्जन देवकोटाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। उनको स्वास्थ्यका बारेमा नराम्रो हल्ला चलेपछि बिहान अस्पताल प्रशासनले केहीबेर आइसीउबाट बाहिर ल्याई केहीबेर घाम तपाएको थियो ।

उनलाई गोरखाको पालुङटार नगरपालिका–३ बोहोरा गाँउस्थित जन्मघर र्पुयाइएको थियो । देवकोटालाई भेट्न जन्मथलोमा भीड लागेको थियो । हेलिप्याड बनाएको ठाँउमा आफन्त र शुभचिन्तक भरिएका थिए ।

अक्सिजन सिलिण्डरसहित स्ट्रेचरमाबोकेर डा. देवकोटालाई हेलिप्याडबाट घरतर्फ लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed