Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बिभिन्न ६ बुँदे माग राख्दै डा. केसीले गरे पुनः अनसन बस्ने घोषणा

Loading

काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो माग सरकारले पूरा नगरे पुनः सत्याग्रहसहित आन्दोलन गर्ने बताएका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरिनुपर्ने, छात्रवृति व्यवस्थापन तथा परिचालन कार्यविधी २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृतिपछि २ वर्ष अनिवार्य सेवा व्यवस्था गरिनुपर्नेलगायतका माग राखेका छन् ।

मागहरु

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् ।

२) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् ।

३) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

४) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

५) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

६) चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed