![]()
एजेन्सी,जेठ ।
कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक आगामी नोभेम्बरभित्र काठमाडौंमा बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गत मंगलबार अपराह्न जेनेभामा भएको बैठकमा सो जानकारी दिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रोसेसका अध्यक्षसमेत रहेका विष्टले आप्रवासी रोजगारमा जाने कामदारको हकहित सुनिश्चित गर्नका लागि कोलम्बो प्रोसेस मुलुकद्वारा श्रम सम्झौताको साझा प्रारुप विकास गर्न सकिने सम्भावना औँल्याए ।
मन्त्री विष्टले श्रम बजार व्यवस्थित गर्न रोजगारका अवसरमा सहज पहुँचको व्यवस्था हुनुपर्ने तथा मर्यादित कामका सिद्धान्तानुकूल सुरक्षित आप्रवासनका लागि साझा प्रयास हुनुपर्ने उल्लेख गरेका थिए ।


