Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश २ मार्फत सरकारलाई अस्थिर बनाउने ढोका बन्द : प्रचण्ड

Loading

काश्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई अस्थिर बनाउने ढोका बन्द भएको बताउनुभएको छ । प्रदेश २ मार्फत केन्द्रलाई अस्थिर बनाउने खेल भइरहेको बताउँदै त्यो सम्भावना अव बन्द भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले पोखरामा गरेको पत्रकार भेटघाटमा दाहालले संघीय समाजवादीको सरकारमा सहभागितासँगै केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको पनि बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ को बजेटको पक्ष र बिपक्षमा बहस हुनु सकारात्मक रहेको उहाँले बताउनुभयो । आगामी दिन अझ सन्तुलित ढंगले अगाडि बढ्ने पाठ सिकेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीनै तहको सरकार बनेपछिको पहिलो बजेट भएकाले पनि केही प्रश्नहरु उठेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले अहिलेको सरकार तानाशाही बन्न सम्भव नभएकाले अनावश्यक शंका गर्न जरुरी नभएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.