![]()
काठमाडौ,जेठ ।
कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासो बढेपछि मन्त्री खनालले आज तरकारी बजारको अनुगमन गरेका हुन् ।
कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित आज विहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।
अनुगमनपछि मन्त्री खनालले तरकारी कालिमाटी बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थित गर्न निर्देशन समेत दिए ।


