Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

एजेन्सी । दक्षिण कोरियाकी एक महिला बडी बिल्डर  युवापुस्तामाझ निकै चर्चित छन्। यी महिला गर्वका साथ आफ्नो शरीरका फोटो इन्स्टाग्राममा शेयर गर्छिन्, जसका कारण मानिसहरू निकै प्रभावित छन्। येओन वू झी नाम गरेकी यी महिलाले बढी बिल्डिङका थुप्रै उपाधि जितिसकेकी छन्।

३१ वर्षककी यी महिलाको हाइट ५ फिट ७ इन्च छ। २०१५ मा वैँकुवर प्रो शो वुमन फिजिक प्रतियोगितामा उनले निकै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले २०१३ मा आर्नोल्ड क्लासिक युरोप फिजिक च्याम्पियनसिपमा उपाधि जितिन्। उनको वजन झण्डै ६५ किलो छ।

स्लिम देखिन दुब्लाउने महिलाहरूलाई उनको सुझाव के छ भने युवतीहरूले पहिला आफ्नो मनको कुरा सुन्नुपर्छ। इन्टरनेटमा उनका फोटो शेयर भएपछि अन्य युवतीहरूले पनि प्रतिक्रिया दिदैँ उनीबाट प्रभावित भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed