Breaking News.... EverestOnlineKhabar
June 25, 2026

दश महिनाभित्र साफ खेल तयारीका सबै संरचना तयार गरिने :खेलकुदमन्त्री सुनार

Loading

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सरकारले एक सय दिनमा खेलकुद क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको दाबी गरेका छन् । युवा तथा खेलकुदमन्त्रालयको  एकसय दिनको प्रगति समिक्षा गर्दे उनले मन्त्रालयले खेलकुद र युवा वर्गको उत्थानका लागि महत्वपूर्ण काम गरेको दाबी गरे ।

खेलकुद गुरु योजना निर्माण, युवा उद्यम कार्यक्रम, हाई अल्टिच्यूट स्पोर्टस सेन्टर स्थापनाको अध्ययन, प्रादेशीक रंगशाला निर्माण, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तथा स्तरोन्नती, अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रंगशाला निर्माणलगायतका क्षेत्रमा मन्त्रालयले महत्पूर्ण उपलब्धि हासिल गरेको जिकिर गरे ।

उनले दश महिनाभित्र साफ खेल तयारीका सबै संरचना तयार गरिने पनि बताए ।

त्यसैगरी राष्ट्रपति महिला उद्यम कार्यक्रम, उपराष्ट्रपति युवा पुनःस्थापना कार्यक्रम र खेलाडीहरुको बृत्तिबिकासको लागि महत्वपूर्ण काम गरेको उल्लेख गरे । यसै आर्थिक बर्षभित्र सबै रंगशाला मर्मत गरीने र त्यसका लागि बजेट पर्याप्त भएको मन्त्री सुनारको भनाइ थियो । उनले मन्त्रालयले ७ हजार युवालाई रोजगारी श्रृजना गरेको भन्दै व्यसयायिक सिपको विकास अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed