![]()
बीबीसी । बेल्जियमको लिज शहरमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् । लिज शहरको मध्य भागमा अज्ञात व्यक्तिले गोली प्रहार गरी दुई प्रहरी र एक बटुवाको हत्या गरेका हुन् ।
प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ती व्यक्तिले छुरा देखाई प्रहरीको हतियार खोसेर आक्रमण गरेका थिए । शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।
लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो भन्ने खुल्न नसकेको बताए । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।


