Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

एजेन्सी । पछिल्लो ३६ वर्षमा पहिलो पटक विश्वकप खेल्ने तयारीमा रहेको पेरुले विश्वकप अघिको तयारीमा राम्रो सुरुवात गरेको छ ।विश्वकप फुटबलको पूर्व तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले स्कटल्याण्डमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पेरुको जितमा कुएभाव र फार्फानले गोल गरे । यसअघि सन् १९८२ मा विश्वकप खेलेको पेरुले प्ले अफ मार्फत रुस विश्वकपमा स्थान पक्का गरेको हो । पेरु छनौट हुँदा चिली भने विश्वकपबाट बाहिर रहन बाध्य भयो ।

विश्वकपका लागि पेरु समूह सी मा छ । यो समूहमा अस्ट्रेलिया, फ्रान्स र डेनमार्क पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed