Breaking News.... EverestOnlineKhabar
July 7, 2026

अन्ततः सुन तस्करीका नायिके ‘गोरे’ प्रहरी फन्दामा, मोरङ जिल्ला अदालतमा कारवाही अघि बढने

Loading

काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरर्गत खटिएको प्रहरीको टोलीले गोरेलाई मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

सुन तस्करी र सनम शाक्यको हत्याको अनुसन्धान गर्न गठन भएको समितिले गृहमन्त्रालयमा पत्रकार सम्मेलनको गर्दै गोरेलाई सार्वजनिक गरेको हो । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो।
सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ। उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ।

पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्रा्ष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.