Breaking News.... EverestOnlineKhabar
July 8, 2026

क्युबामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’भेटियो

Loading

एजेन्सी,जेठ ।
क्युबामा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले विमानको ब्ल्याक बक्स फेला परेको बताएका हुन् । राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु भएको थियो भने तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।
सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । यसैबीच उक्त प्रायद्वीपले दुई दिने राष्ट्रिय शोक मनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.