Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

एजेन्सी ।  बलिउड अभिनेता सलमान खान अभिनित हाइअक्टेन एक्सन फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ । ३ मिनेट लामो ट्रेलरमा सलमानलाई सिकन्दरको भूमिकामा प्रस्तुत गरिएको छ ।

मसलाप्रधान फिल्मको बाचा ट्रेलरले देखाएको छ । फिल्ममा हलिउड शैलीका एक्सनको भरपुर प्रयोग गरिएको छ । फिल्ममा सलमान खान, अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नानडिज, डेजी शाह आदिको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । फिल्म करिब १२० करोड भारूको लागतमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed