![]()
एजेन्सी । भारतको उत्तर प्रदेशको बरेलीमा आयोजित सितोरियो कराते प्रतियोगितामा सहभागी कञ्चनपुरको नेपाल सितोरियो कराते शुक्लाफाँटा डोजोमा आबद्ध खेलाडीहरुले दस वटा स्वर्ण पदक हात पारेका छन्। प्रतियोगितमा सहभागीमध्ये छ जनाले कास्य र आठ जनाले रजत पदक हात पारेका छन्।
शुक्लाफाँटा डोजोका सहभागी २८ जना खेलाडीमध्ये दस वर्ष उमेर समूहमा कातातर्फ हेमन्त कार्की र १७ वर्ष उमेर समूहकी देवकी खड्काले स्वर्ण पदक हात पारेका हुन्। यसैगरी, आकोतर्फ १४ वर्ष उमेर समूहमा राजेश राना, ११ वर्ष समूहका मनिष बिष्ट, १० वर्ष उमेर समूहका मनिष अवस्थी, सोही उमेर समूहका हेमन्त कार्की, १७ वर्षीय उमेर समूहकी देवकी खड्का, १२ वर्ष उमेर समूहमा ज्योति धामी र १३ वर्ष समूहमा निर्मल धामीले स्वर्ण पदक हात पारेका छन्।
कातातर्फ ११ वर्ष समूहमा मनिष बिष्ट, १० वर्ष समूहतर्फ मनिष अवस्थीले कास्य पदक हात पारेका छन्। ओकोतर्फ १६ वर्ष उमेर समूहमा तुलसी बिष्ट, १२ वर्ष उमेर समूहमा सुरज खड्का, १३ वर्ष उमेर समूहमा दिपना भट्ट र १३ वर्ष समूहमा लोकेश साउदले कास्य पदक प्राप्त गरेका छन्। प्रतियोगितामा भारतको हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, महाराष्ट्र, गुजरात, पञ्जाब प्रान्त र नेपालका गरी ६० खेलाडीले सहभागिता जनाएका थिए।


