Breaking News.... EverestOnlineKhabar
July 7, 2026

झापामा जेठ ५ देखि १२ गतेसम्म जिल्लास्तरीय महिला फुटबल हुने

Loading

झापा । झापामा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । सनसाइन महिला फुटबल क्लब मेचीनगरको आयोजनामा यही जेठ ५ देखि १२ गतेसम्म प्रतियोगिता सन्चालन हुन लागेको हो ।

महिला खेलाडीको अभाव हुन नदिन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा पुर्‍याउनका लागि जिल्लामा पहिलोपटक महिला फुटबल प्रतियोगिता गर्न लागिएको आयोजक समिति अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।

मेचीनगरस्थित ज्यामिरगढी माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ ओटा महिला टिमको सहभागिता रहनेछ । विजेता र उपविजेताले क्रमशः ५५ र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.