![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । शनिबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरेका हुन ।
सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो ।
अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय मिलएर लुम्बिनी जाने बताए । अहिले नेपाल भ्रमणमा पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिरको दर्शन गरेको अब अर्को पटक बुद्धको जन्मस्थल लुम्बिनी जाने उनले बताए । उनले भने, ‘अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी जान्छु ।’
अभिनन्दनसहित मोदी दुई दिने आफनो राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन ।

