Breaking News.... EverestOnlineKhabar
July 7, 2026

अनेरास्ववियु अध्यक्ष एंव सांसद नविना लामाले विवाह खर्च कटाएर मृगौला पीडितलाई गरिन् आर्थिक सहयोग

Loading

काठमाडौ,बैशाख ।
एमाले सांसद एंव अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नो विवाह खर्च कटाएर दुवै मृगौला फेल भएका एक जना मृगौला बिरामीलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी छन् । दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचार गराई रहेका अनेरास्ववियु पाल्पा अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई उक्त रकम हस्तान्तरण गरिएको अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले जानकारी दिए । विवाहकै दिन अध्यक्ष लामाले उक्त रकम मृगौला फेल भई उपचाररत अनेरास्ववियु पाल्पाका अध्यक्ष बगालेलाई प्रदान गरेकी हुन् । सांसद लामाले अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग बिहीबार विवाह गरेकी छन् । उनले आफ्नो विवाहलाई साधारण बनाएर त्यसवाट बचेको रकम दुवै मृगौला फेल भएर उपचार गराईरहेका बगालेलाई आर्थिक सहयोग गरेकी हुन् ।
अध्यक्ष एवं प्रतिनिधि सभा सांसद लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विहिवार विवाह गरेकी हुन् ।३५ वर्षीया नविनाले १४ वर्ष लामो प्रेम सम्बन्ध रहेका प्रविन श्रेष्ठसँग विवाह गरेकी हुन् । उनको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा विहिवार विवाह सम्पन्न भएको छ । उनको कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको हो ।
सांसद लामाको विवाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनाल,प्रधानसेनापति राजेन्द्र क्षेत्री,अन्य उच्चपदस्थ अधिकारी,मन्त्री, समाजसेवी, पत्रकार तथा कलाकार लगायतको बाक्लो उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.