Breaking News.... EverestOnlineKhabar
July 7, 2026

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकःआज पदाधिकारीले धारणा राख्ने

Loading

काठमाडौ,बैशाख ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवले धारणा राख्ने कार्यक्रम छ । आज बोल्ने पदाधिकारीले चुनावमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकोको विषय तथा पार्टीको भावी रणनीतिबारे धारणा राख्ने कांग्रेस पार्टी कार्यालय स्रोतले जनाएको छ ।
चैत ९ गतेदेखि सुरु भएको बैठकमा केन्द्रिय सदस्यको पालो सकिएपछि पदाधिकारी र पूर्व पदाधिकारीले धारणा राख्ने क्रम चलिरहेको छ । पदाधिकारीले बोल्ने क्रम नसकिएकाले बुधबार सकिने भनिएको बैठक विहीबार पनि चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा बरिष्ठ नेता पौडेल पक्षका नेताले सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले चुनावमा हार ब्यहोर्नुपरेको आरोप लगाइरहेका छन् भने देउवा पक्षका नेताहरुले हारको जिम्मेवारी सामुहिक रुपमा लिनुपर्ने बताउँदै आएका छन् ।
दुवै पक्षका सातजना युवा नेताले भने पार्टीको महाधिवेशन तत्काल बोलाएर नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.