Breaking News.... EverestOnlineKhabar
July 7, 2026

दुई बर्षपछि पनि प्रधानमन्त्री ओलीको बोली उस्तै,प्रगति भने शुन्य…

Loading

काठमाडौ,बैशाख ।
भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेद नजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेः‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिएः‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक–एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा।’ ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई वर्ष तीन महिना बितिसकेको छ। तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ।
त्यही पनि ओलीले भने दुई वर्ष तीन महिनाअघिको बाचा बिर्सेझैं गरी बुधबार फेरि भन्न भ्याइहाले‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु।’ जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन वर्ष बितिसक्दा समेत फेरिन सकेको छैन।
त्यसो त नेपाली राजनीतिमा केपी ओली उखानटुक्का सहितको भाषण गरेर जनतालाई आश्वासन दिन माहिर छन् तर उनको भाषण र आश्वासन अनुसार काम सम्पन्न हुन त परै जाओस कामको सुरुवात समेत हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.