Breaking News.... EverestOnlineKhabar
June 28, 2026

चीन भ्रमण सकेर परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता, नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीको अवधारणा अघि बढने दाबी 

Loading

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली साताब्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन । चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका मन्त्री ज्ञवालीले भ्रमणबारे बिमानस्थलमा जानकारी दिंदै चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको बताए ।

मन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे ।

भ्रमणका क्रममा आफुले केरुङ –काठमाडौ, काठमाडौ –पोखरा हँुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग बनाइदिन चीनसमक्ष प्रस्ताव गरेको उनले जानकारी दिए । चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासका बिषयमा समेत खुलेर कुराकानी भएको उनले बताए ।

उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.