Breaking News.... EverestOnlineKhabar
June 28, 2026

काभ्रेमा बैशाख ८ र ९ गते योग खेलकुद प्रतियोगिता हुँदै

Loading

काभ्रे । नेपाल योग खेलकुद संघले काभ्रेपलाञ्चोकको बनेपामा बैशाख ८ र ९ मा योग खेलकुद प्रतियोगिता गर्ने भएको छ।
काभ्रेपलाञ्चोकको बनेपामा नेपाल योग खेलकुद संघ काभ्रेले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिता उमेर समूहको आधारमा तीन तहमा विभाजन गरिएको छ। जसमये ११ देखि १७ वर्षको विद्यार्थी समूह, १८ देखि ४९ वर्षको युवा समूह र ४९ देखिमाथिका ज्येष्ठ उमेर समूहका खेलाडी रहनेछन्।

प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका गरी करिब ५० जना खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।
उपत्यकाव्यापी योग खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पोखरामा हुने साफ स्तरिय च्याम्पियनसिपमा भाग लिन पाउनेछन्। साफस्तरिय च्याम्पियनसिप बैशाख २१, २२ र २३ गते पोखरामा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.