Breaking News.... EverestOnlineKhabar
June 28, 2026

स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, पछिल्लो खेलमा भ्यालेन्सिया पराजित

Loading

बीबीसी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाको अपराजत यात्रा जारी छ । पछिल्लो खेलमा भ्यालेन्सियालाई २ – १ ले पराजित गर्दै बार्सिलोनाले आफनो लय कामै राखेको हो ।

बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र स्यामुएल उमटिटीले समान एक– एक गोल गरे । भ्यालेन्सियाका डानी परेजोले एक गोल फर्काए । बार्सिलोनाले एकै सिजन ३९ खेलमा पराजित रहदै रियल सोसिडाडले किर्तिमान भंग गरेका हुन् । सन् १९७९ – ८० को सिजन रियल सोसिडाडले ३८ खेलको अपराजित यात्रा कायम गरेका थिए ।

क्याम्प नाउमा बार्सिलोनाले स्वारेजको गोलबाट १५ औं मिनेटमा अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको बार्सिलोनाको लागि उमटिटीले ५१ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८७ औं मिनेटमा भ्यालेन्सियाका परेजोले एक गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेन र खेल बार्सिलोनाले २ – १ ले आफ्नो बनायो ।

यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि नजिक पुगेको छ । अब बार्सिलोनालाई उपाधि जित्न मात्र ७ अंकको खाँचो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.