Breaking News.... EverestOnlineKhabar
June 29, 2026

इराकमा टर्कीका १५ महिलालाई मृत्युदण्डको फैसला

Loading

बीबीसी । इराकको एउटा अदालतले इस्लामिक स्टेट समूहमा आबद्ध भएको अभियोगमा टर्कीका कम्तीमा १५ जना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।

केही विवरणमा १६ जनालाई मृत्युदण्ड सुनाइएको उल्लेख गरिएको छ भने केहीमा एक जनालाई आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ।

न्यायाधीशले भनेका छन–ती महिलाहरूले आइएस लडाकुहरूसँग बिहे गरेको अथवा आवश्यक सामग्री उपलब्ध गराएर लडाकुहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन्। इराक र सिरियामा हजारौं विदेशी नागरिकहरूले लडाइँ गरेका छन् र उनीहरू मारिएका छन्।
गत डिसेम्बरमा इराकी सरकारले आइएसविरूद्ध लडाइँको घोषणा गरेको थियो। आइएसलाई उसको पकड क्षेत्रहरूबाट धपाइसकिए पनि लडाकुहरूले अझै आत्मघाती हमला र अरू आक्रमणहरू गर्दै आएका छन्।

२० देखि ५० वर्ष उमेर भएको ठानिएका ती महिलाहरू कालो पोशाकमा आइतवार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित भएका थिए। उनीहरूमध्ये चारजनासँग स–साना बच्चा पनि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.