Breaking News.... EverestOnlineKhabar
June 29, 2026

Loading

वीरगन्ज । नेपाली कांग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले दुई ठूला कम्युनिष्ट दल मिलेर बनाएको बामगठबन्धन नेतृत्वको सरकारबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्।

वीरगन्जमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले कम्युनिष्टको एकताले कांग्रेससामु ठूलो चुनौती तेर्सिएको धारणा राखे । खतरामा परेको लोकतन्त्रलाई बचाउने जिम्मा अब कांग्रेसको काँधमा आएको भन्दै गच्छदारले भने ,‘ कांग्रेसका सामु अब ठूलो चुनौती छ , अबको समय कांग्रेसका लागि अत्यन्त अप्ठ्यारो पनि छ , त्यसैले पार्टी्भित्रको गुटउपगुट र आन्तरिक मतभेदलाई खतम गरेर एक ढिक्का भएर अगाडि बढ्न जरुरी छ।

अबको पाँच बर्षभित्रमा कांग्रेसलाई पुरानै स्थानमा फर्काउनका लागि आफू मिसन लिएर अगाडि बढिरहेको उनले बताए। पार्टीको संसदीय दलको नेता गुट उपगुटमा लागेर नभइ सर्वसहमतिका आधारमा चयन गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

कम्युनिष्टको एकताले लोकतन्त्र खतरामा पर्ने सम्भावना देखेपछि आफूले कांग्रेससँग पार्टी एकता गरेको गच्छदारले बताए। हालै सम्पन्न चुनावको पूर्व सन्ध्यामा एमाले अध्यक्ष केपी ओलीले चुनावी गठबन्धन बनाएर निर्वाचनमा भाग लिन आफूलाई आग्रह गरेको खुलासा गर्दै गच्छेदारले भने,‘ तर मैले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरिदिए किन कि मेरो नेचर र आइडोलोजी कम्युनिष्ट हुँदै होइन , म लोकतन्त्रवादी हुँ, त्यसैले मैले आफ्नो पुरानो पार्टी कांग्रेससँग नै पार्टी एकता गरेको हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.