![]()
ज्याकी श्राफ पुत्र टाइगरको नयाँ फिल्म ‘बागी २’ आउँदैछ । फिल्मको फस्र्ट लुकसहित ट्रेलर सार्वजनिक भएको छ ।
यो फिल्मा उनी नितान्त भिन्न गेटअपमा देखिएका छन् । सुगठित ज्यान, आक्रामक मुद्रामा उनले बन्दुक बोकेका छन् । टाइगरको यस्तो हुलिया देखेर उनका फ्यान पनि रोमाञ्चित भएका छन । टाइगरले फस्र्ट लुक शेयर गर्दै लेखेका छन, ‘रोनी कल आ रहा है । यह रहा फिल्म का पहला लुक ।’
‘बागी २’ को ट्रेलर आज अर्थात फेब्रअरी २१ मा सार्वजनिक भएको छ । फिल्ममा टाइगार श्राफसँग दिशा पटानीले जोडी बाँधेकी छिन् । अफस्क्रिनमा पनि उनीहरु गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन् ।

