Breaking News.... EverestOnlineKhabar
June 25, 2026

डीपीएल क्रिकेटमा करण, बसन्त, सागर र आरिफ सबैभन्दा महङ्गा

Loading

कठमाडौं । सर्वा्धिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भएका छन् । राजधानीमा जारी डीपीएल क्रिकेटको अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

अक्सनको ए क्याटेगोरीमा रहेका राष्ट्रिय टिमका सदस्य करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्य १ लाख ५० हजारमा बिक्री भएका हुन् । अक्सनबाट करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले किनेको हो । अक्सनमा करणलाई सबै ६ टोलीले बिड लगाएको थियो । तर, गोलाप्रथाबाट करणलाई महेन्द्रनगरले आफ्नो बनायो ।

यस्तै सागरलाई रुपन्देही च्यालेन्जर्सले बोली लगाउँदा बसन्तलाई विराटनगर किंग्सले क्लबमा भित्रायो । ए क्याटेगोरीमा रहेका खेलाडीको न्यूनतम मूल्य ७५ हजार रहेको थियो ।

अक्सनबाट ए क्याटेगोरीतर्फ नै पृथु बास्कोटा र नरेश बुढाएर पनि १ लाख बढी मूल्यमा बिक्री भएका छन् । पृथुलाई विराटनगर किंग्सले १ लाख २० हजारमा किनेको छ भने नरेशलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजारमै खरिद गरेको छ ।

त्यस्तै जितेन्द्र मुखियालाई रुपन्देही च्यालेन्जर्सले ९० हजार, राजेश पुलामी मगरलाई टिम चौराह धनगढीले ८० हजार र अभिनाष कर्णलाई महेन्द्रनगरले ८० हजारमै क्लबमा भित्राएको छ । यस्तै प्रदीप ऐरीलाई रुपन्देहीले ८० हजारमा खरिद गर्दा सुबास खकुरेललाई सिवाईसी अत्तरियाले ८० हजार मै किनेको छ ।

ए क्याटेगोरीमा रहेका १६ खेलाडीमध्ये ५ खेलाडी भने बिकेका छैनन् । पहिलो चरणमा मेहबुब आलम, राहुल विक, सन्जम रेग्मी, चन्द्र साउद र मन्जित श्रेष्ठ बिकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed