Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पोखरा म्याराथनको उपाधि प्रहरीका भूमिराज राईलाई

Loading

काश्की । १२औं सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा सम्पन्न प्रतिस्पर्धामा निर्धा्रित् दूरी राईले २ घन्टा ३६ मिनेट ४२ पूरा गरे ।
नेपाली सेनाका हरिकुमार रिमालले २ घन्टा ३८ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने सेनाकै लालबहादुर थापाले ४२ दशमलव १ किलोमिटरको दूरी २ घन्टा ३९ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै तेस्रो भए ।

विजेता राईले नगद ७० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो भएका रिमालले ४५ हजारमा चित्त बुझाए भने तेस्रो भएका थापाले ३० हजार हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed