झलनाथ खनाल रास्ट्रपति बन्दा रास्ट्रपति पदको मर्यादा र मुलुकको गौरव बढ्छ : गरिमा शाह

1,282 total views, 18 views today

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकतामा ढिलाइ हुन थालेपछि थुप्रै आशंका जन्मिएका छन । माओवादी केन्द्रले प्याकेजमा सहमति भएपछि मात्रै पार्टी एकता र सरकारमा सहभागी हुने अडान लिएपछि एमालेको कोर्टमा बल पुगेको छ । एमाले भित्र पनि पार्टी एकता गर्न नेताहरुको व्यवस्थापनको बिषयले पेचिलो रुप लिएपछि भित्रभित्रै समस्य बिकराल बन्न थालेको देखिन्छ । यही पृष्ठभूमीमा हामीले एमाले केन्द्रीय सदस्य गरिमा शाहसंग कुराकानी गरेका छौं ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा ढिलाइ हुनुको कारण के हो ?
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु राम्रो हुदैन। पार्टी एकताका लागि प्रथमतः विचारमा एकता महत्वपूर्ण हुन्छ । दोस्रो, दुबै पार्टी भित्र इतिहास बोकेका अनुभवी नेताहरू हुनुहुन्छ । अत, नेताहरूको न्यायोचित व्यवस्थापन पनि महत्त्वपूर्ण कुरा हो । यी दुबै विषयमा व्यापक छलफल र सहमतिको आवश्यकता पर्छ । यसले समयको पनि माग गर्छ । एकताका लागि आवश्यक कामहरु हुन बाँकी छन् ।

पार्टी एकीकरणका लागि माओवादी भन्दा पनि एमाले भित्रै नेताहरुको व्यवस्थापन गर्ने कुरामा विवाद छ भन्ने सुनिन्छ नी ?
मैले बुझेको नेताहरूको व्यवस्थापन भनेको बडा कमिटीदेखि केन्द्रीय कमिटीसम्मका नेताहरुको व्यवस्थापन हो । एमालेका तीन चार र माओवादीका तीन चार जना नेताहरुको व्यवस्थापन मात्रले पुग्दैन ।

अहिलेको अवस्था हेर्दा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको मात्र पद मिलाउने जस्तो देखिन्छ नी ?
यसलाई विवाद भन्न मिल्दैन । वैचारिक र संगठनात्मक एकता बिनाको एकता दीगो हुन सक्दैन । बडा कमिटीदेखि केन्द्रीय कमिटीसम्मको व्यवस्थापन हुनुपर्छ । दुबै पार्टीका दुई चार जना नेताको व्यवस्थापन गरेर गरिने एकता वास्तविक एकता हुन सक्दैन ।

अहिले राष्ट्रपति बिद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहर्याउने चर्चा छ । यो एमालेको संस्थापन पक्षबाटै लबिङ भैरहेको सुनिन्छ, यो कति जायज हो ?
मिडीयामा सुनेको्छु । रास्ट्रपति राष्ट्र प्रमुख हुनुहुन्छ । यो मुलुकको सर्वोच्च र सम्मानित पद हो । श्री विद्यादेवी भण्डारी मुलुकको प्रथम महिला रास्ट्रपति बनिसक्नु भएको छ । इतिहास बनिसकेको छ । उहाँ पुनः रास्ट्रपति पदमा दोहरिनु हुँदैन । फेरि मेरो विचारमा मुलुकको सर्वोच्च पदमा उहाँ मात्र होइन कोहि पनि दोहरिनु हुँदैन ।

पूर्व प्रधानमन्त्री समेत भैसकेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपतिका लागि तयार छु भन्नु भएको छ, उहाँलाई बनाउँदा के हुन्छ ?
क. झलनाथ खनाल नेकपा एमालेको वरिष्ठ नेता हुनुहुन्छ । उहाँको लामो राजनीतिक इतिहास छ । पार्टी र सरकारको नेत्तृत्व गरिसक्नु भएको छ । उहाँ जस्तो बौद्धिक र शलिन व्यक्तित्व रास्ट्रपति बन्दा रास्ट्रपति पदको मर्यादा र मुलुकको गौरव बढ्छ ।

नेता खनाललाई राष्ट्रपति बनाउने बिषयमा संस्थापन पक्षले आलटाल गरेको हो ?
सामाजिक संजालमा पढ्न पाएको छु । तथापि मुलुकको भावी रास्ट्रपति कसलाई बनाउने भन्ने सन्दर्भमा छलफल वा निर्णय भएको मलाई जानकारी छैन । क. खनाललाई रास्ट्रपति बनाउन आलटाल गर्नु पर्ने म त केही कारण देख्दिन । उहाँ रास्ट्रपति पदकालागी योग्य हुनुहुन्छ ।

नेता खनाल राष्ट्रपति हुँदा मुलुक र जनताका लागि हुने फाइदा के हुन ?
क. खनाल एक बौद्धिक वयक्तित्व हुनुहुन्छ । नेपाली समाजको विविधता र मनोबिज्ञानलाई एकताको सूत्रमा बाधेर नेपाली राष्ट्रियता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नु हुन्छ । नेपाल राष्ट्र बलियो र एकताबद्ध हुनु नै नेपाली जनता र मुलुकलाई फायदा हुनु हो । त्यति मात्र होइन उहाँ रास्ट्रपति बन्दा वैदेशिक सम्बन्ध विस्तारमा पनि महत्त्वपूर्ण योगदान हुन सक्छ ।

तर, खनाललाई पार्टी अध्यक्ष ओलीको समर्थन छैन भन्ने सुनिन्छ नी, कुरा के हो ?
पार्टी अध्यक्ष सबैको अभिभावक हुनुहुन्छ । उहाँले सबैलाई न्याय गर्नुपर्छ । अवसर र जिम्मेवारी भाग लगाउनु पर्छ । जे एन कमरेड लाई समर्थन नगर्नु पर्ने म त केही कारण देख्दिन ।

एमाले र माओवादीबीच पार्टी एकता भै हालेपनि त्यो टिक्दैन भन्छन । पार्टी भित्रको गुटउपगुटले पनि त्यो देखाउँछ, तपाईलाई के लाग्छ ?
वैचारिक र संगठनात्मक मिलनसहितको एकता दीगो हुन्छ । हतारो र चटारोमा रिएको एकताको जीवन दीर्घायु हुँदैन । एमाले र माओवादी बीच एकता कसरी हुन्छ भविश्य त्यसैमा निर्भर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार