Breaking News.... EverestOnlineKhabar
July 4, 2026

एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा ४ नेपालीले प्रतिष्पर्धा गर्ने

Loading

एजेन्सी । एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । उक्त प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मलेसियाको केदाह प्रस्थान गरिसकेको छ ।

फेब्रुअरी ६ देखि १० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विकास श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको छ। सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ।

नेपाल रहेको समूह ‘बी’ दक्षिण कोरिया, जापान र काजकिस्तान छन्। टिम इभेन्टमा ३ सिंगल्स र २ डबल्समा खेल हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed