Breaking News.... EverestOnlineKhabar
July 4, 2026

जुम्ला—डोल्पा सडक खण्डमा पुल नबन्दा सास्ती

Loading

जुम्ला,माघ ।
जुम्ला–डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदीमाथि बन्न लागेको ८४ मिटर पक्की पुल सम्झौता सकिँदा पनि बनेको छैन । गत असारमै बनाइसक्नुपर्ने पुल निर्माण अझै अधुरो छ । चार करोडको लागतमा २०६७ सालबाट थालिएको पुलको काम अझै सकिएको छैन् ।
पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत कठीन भएको छ । राज्यले कर्णालीलाई शदीयौंदेखि सौतेनी व्यवहार गर्दै आएको स्थानीय गुनासो गर्छन् ।
डोल्पाबासीले कहिले गाडी देख्न पाउने हो जवाफ दिन उनीहरु सरकारसँग आग्रह गर्दछन् । सात वर्ष हुँदा पनि पुल सम्पन्न नगरेकामा स्थानीय रुष्ट बनेको लालभक्त बोहोरा बताउँछन् । स्थानीय जग्गाधनीले काममा अवरोध गरेपछि कामले गति लिन नसकेको ठेकेदार तारासिंह कठायतको तर्क छ ।
एक हप्ताको पैदल यात्रा गरेर डोल्पाबासी जुम्लामा खाद्य वस्तुलगायत दैनिक उपभोग्य सामान जोहो गर्न जुम्ला आउनु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed