Breaking News.... EverestOnlineKhabar
July 4, 2026

म्यान युनाइटेडको सहज जित, घरेलु मैदानको डेब्यु खेलमा सान्चेजको गोल

Loading

एजेन्सी,माघ ।
इंग्लिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा रेलिगेसन जोनको हडर्सफिल्ड टाउनलाई २ – ० ले हराउदै युनाइटेडले सहज जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन रोमेरो लुकाकु र एलेक्सिस सान्चेजले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै युनाइटेडले जित निकालेको हो ।
ओल्ड ट्राफोर्डमा खेलको ५५ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै युनाइटेडलाई २ – ० को जित दिलाए । यहिँ जनवरीको विन्डो ट्रान्सफरमा आर्सनलबाट युनाइटेड आएका सान्चेजले आफ्नै पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।
हडर्सफिल्डका डिफेन्डरले फउल गरेपछि पाएको पेनाल्टीको पहिलो सुटमा सान्चेजले गोल गर्न सकेनन् । उनको प्रहार हडर्स फिल्डका गोलरक्षक जोनासले बचाऊ गरे । तर, रिबाउन्डमा भने सान्चेजले गल्ती नगरी बललाई पोष्टको जाली चुमाएका थिए । घरेलु मैदान ओल्ड ट्राफोर्डमा डेब्यु खेल खेलका सान्चेजको यो क्लबको लागि पहिलो गोल समेत हो ।
यो जितसँगै युनाइटेडले लिगमा २६ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेड शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed