Breaking News.... EverestOnlineKhabar
July 4, 2026

दोस्रो विश्वयुद्धको ४५० किलोको बम हङकङमा निस्कृय…

Loading

एजेन्सी,माघ ।
हङकङ पुलिसले क्षतिग्रस्त अवस्थामा रहेको दोस्रो विश्वयुद्धको बमलाई सफलतापूर्वक निस्कृय गरेको हो । व्यस्त व्यवसायिक क्षेत्रमा जमिनमुनि फेला परेको सो बमलाई निस्कृय गर्न कूल २४ घन्टाको समय लागेको बताइएको छ । यस कार्य अन्र्तगत सो स्थानबाट ४ हजार मानिसहरुलाई हटाइएको समाचारमा जनाइएको छ । ४५० किलोको सो बिस्फोटक पदार्थलाई निस्कृय गर्न विशेषज्ञ र कामदारहरु रातभर खटेका हुन् । यो हप्ता हङकङमा दोस्रोपटक यसरी बम फेला परेको बताइएको छ ।
यसअघि पनि यस्तै बम शनिबार निस्कृय गरिएको बताइएको छ । यसरी विस्फोटन नभएको बम त्यस क्षेत्रमा फेला पर्नु असामान्य रहेकाले यस घटनाप्रति सबैले आश्चर्य व्यक्त गरिरहेका छन् । निर्माणधीन क्षेत्रको जमिन मुनि माटोले पुरिएको अवस्थामा सो बमलाई बुधबार फेला पारिएको थियो । अत्यन्तै खतरनाक भएकाले यसलाई निस्कृय गरिँदा वान छाई जिल्लाभरिका सम्पूर्ण सवारी साधन र मानिसहरुलाई आवतजावतमा रोक लगाइएको थियो ।
बम निस्कृय गर्ने अधिकारी एलिक वीन्टरले बताए अनुसार सो बम क्षतिग्रस्त अवस्थामा अफ्ठ्यारो स्थानमा रहेकाले त्यसलाई सुरक्षित तरिकाले निस्कृय गराउन धेरै कठिन भएको हो । बुधबार फेला पारिएको सो बमलाई बिहिबारका दिन मात्र सकुशल निकालिएको हो । उक्त बम भित्र रहेको विस्फोटक पदार्थलाई जलाउन बमको सतहमा ठूलो प्वाल पारिएको थियो । यस कार्यमा संलग्न सबै अधिकारी र विशेषज्ञहरुले अत्यन्तै जोखिम मोलेर काम गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
सो बम अमेरिकामा निर्माण भएको र दोस्रो विश्वयुद्धको समयमा हङकङ जापानको अधिनमा रहेकाबेला त्यहाँ रहन गएको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed