Breaking News.... EverestOnlineKhabar
July 4, 2026

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

Loading

एजेन्सी,माघ ।
क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको शिकार बन्दै आएका थिए । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो । चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् । उनी फिडेलीटोको नामबाट चर्चित थिए ।
तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।
उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed