![]()
हेटौडा,माघ ।
प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्न लागेको हो । हेटौंडामा आज पहिलोपटक बस्न लागेको बैठकमा प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने र सभामुख चयनको प्रस्ताव सम्भावित कार्यसूचीमा राखिएको छ ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन् । यसअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक पनि बुधबार हेटौंडामा बसेको छ ।
आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका प्रतिनिधिले पनि आ–आफ्ना धारणा राख्नेछन् । प्रदेशसभा हलमा ३ तहको सुरक्षा व्यवस्था मिलाइएको छ । पहिलो घेरामा ३० जना मर्यादापालक रहनेछन् । बैठक १ बजे बोलाइएको छ ।


