Breaking News.... EverestOnlineKhabar
May 4, 2026

अफगानिस्तानको सैन्य बिद्यालयमा हमला, ५ सेना र ४ लडाकु मारिए

Loading

बिबिसि ।अफगानिस्तानको काबुलस्थित सैन्य विश्वविद्यालयमा भएको हमलामा कम्तीमा ९ जना मारिएक छन । मार्सल फहिम विश्वविद्यालयमा भएको हमलामा परी पाँचजना अफगानी सेनाहरू र चारजना लडाकुहरू मारिएका हुन ।

उक्त हमलामा एकजना लडाकु पक्राउ परेका छन्। विद्रोही समूह इश्लामिक स्टेटले उक्त हमलाको पछाडि आफ्नो हात रहेको जनाएको छ।
एक साताभित्र राजधानी काबुलमा भएको यो तेस्रो हमला हो ।

हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स काबुलमा विस्फोट गराउँदा कम्तीमा १ सय जना मारिएको घटना भएको केही दिनमै यो अर्को हमला भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed