Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

बिबिसि । दुई समूहबीचको भिडन्तमा एकजना किशोरको ज्यान गएपछि उत्तरी भारतमा हिंसा फैलिएको छ । प्रहरीले हिंसा नियन्त्रणमा लिन १ सय १२ जनालाई पक्राउ गरेको छ।

उत्तर प्रदेश राज्यको काशगञ्जमा एउटा मोटरसाइकर्ल यालीमा दुई धार्मिक समूहका समर्थकहरूबीच आपसमा ढुंगा प्रहार भएको थियो । त्यसक्रममा बिभिन्न पसल र सवारी साधनमाथि आगजनी गरिएको थियो।

उक्त हिंसालाई लिएर हिन्दु र मुसलमान समूहहरूले एक अर्कालाई दोषारोपण गरेका छन्। घटनापछि सो क्षेत्रमा थप निगरानी बढाइएको छ ।
झडपमा परी घाइते भएका एकजना मुसलमान किशोरको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed