![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेकाले सजग हुन आग्रह गरेका छन ।
प्रेस सेन्टरको १४ औ स्थापना दिवसको सन्र्दभमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अराजक तत्वहरु बमगठवन्धनबाट अत्तालिएकाले अशान्ति मच्चाउन उद्यत रहेको आरोप लगाए । मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले भने, ‘मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचन भैसकेकाले अब निराशाका दिन चाँडै हटनेछन ।’


