Breaking News.... EverestOnlineKhabar
May 4, 2026

चुनावी खर्च बढाएको भन्दै निर्वाचन आयोगमाथि मन्त्रीको आक्रोश

Loading

काठमाडौं । वाणिज्य मन्त्री मिन विश्वकर्माले निर्वाचन आयोगले अस्वभाविक रुपमा चुनावी खर्च बढाएको भन्दै आक्रोश व्यक्त गरेका छन । एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै मन्त्री बिश्वकर्माले संघीयताले आर्थिक व्ययभार थपिएको समयमा आयोगले थप खर्च बढाएको आरोप लगाएका हुन । तीन तहका निर्वाचन गर्दा कटौती गर्न सकिने ठाउँमा पनि खर्च गरिएको उनको आरोप थियो ।

मन्त्री बिश्वर्माले भने ‘नेपालमै उपलब्ध हुनसक्ने सामान विदेशबाट ल्याइयो । त्यसले हाम्रो वैदेशिक व्यापार घाटा बढायो ।’

नेपालमै छाप्न सकिने मतपत्र बाहिर छपाइयो, प्रचार सामाग्री नेपालमै छाप्न सकिने भएपनि त्यसो नभएको उनको गुनासो थियो । यस्तै, आयोगले आवश्यक नपर्ने गाडी खरिद गरि राज्यलाई थप आर्थिक भार पारेको आरोप पनि उनले आयोगमाथि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed