Breaking News.... EverestOnlineKhabar
May 3, 2026

पाकिस्तानबिरुद्ध चौथो एकदिवसिय क्रिकेटमा पनि न्युजिल्याण्ड बिजयी

Loading

एजेन्सी । पाकिस्तानसँगको पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजको चौथो खेलमा पनि न्यूजील्याण्ड बिजयी भएको छ । लगातार चार जित हात पारेसँगै न्यूजील्याण्ड ४–० कब्जा गरेको हो ।

सेडोन पार्कमा भएको खेलमा २६३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले निर्धारित ओभर सकिन २५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

न्यूजील्याण्डको जितका लागि कोलिन डि ग्रान्डहोमले अविजित ७४ रन बनाए । बलिङतर्फ भने सादब खानले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८१ रन बनाएका थिए ।

५ खेलको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल जनवरी १९ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed