Breaking News.... EverestOnlineKhabar
April 30, 2026

विभिन्न जनचेतनामुलक कार्यक्रम गरी आज भूकम्पीय सुरक्षा दिवस मनाइँदै….

Loading

काठमाडौ,माघ ।
२० औं भूकम्पीय सुरक्षा दिवस मंगलबार बिभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । दिवसको मूल समारोह काठमाडौंको बसन्तपुरमा आयोजना हुँदैछ । बिहान ११ बजे न्यूरोडको भूगोल पार्कमा स्मृति सभा सम्पन्न भएपछि मूल समारोहको कार्यक्रम दिउँसो साढे १ बजे बसन्तपुरमा तय गरिएको छ ।
यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ राखिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भनेः‘देश संघीयतामा गइसकेको परिप्रेक्षमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको अहम् भूमिका रहने हुनाले यस वर्षको भूकम्प सुरक्षा दिवसको नारामा समेत स्थानीय सरकारलाई सबल बनाउने कुरामा जोड दिइएको हो ।’
विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed