![]()
काठमाडौ,माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तय गर्नेबारे एमाले र माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्दैछन् । एमाले र माओवादी केन्द्रका नेताहरुसँगको छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न सक्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रधानमन्त्रीले यसअघि पनि दुई पटक र अनौपचारिक रुपमा पटक–पटक एमाले र माओवादी केन्द्रका नेताहरुसंग सहमतिको लागि छलफल गर्नुभएको थियो । तर,छलफलमा सहमति जुट्न नसकेपछि सरकारले यी दुवै नियुक्ति गर्न ढिलाई गरेको हो ।
एक–दुई दिनभित्रै प्रदेश प्रमुख र अस्थायी मुकाम नतोके राष्ट्रियसभा निर्वाचनको लागि सार्वजनिक गरिएको कार्यतालिका प्रभावित हुने र सरकारले तोकेको २४ गतेको राष्ट्रियसभा निर्वाचन नै नहुने अवस्था आएपछि प्रधानमन्त्री देउवा आज निर्णायक छलफलमा जुटेका हुन् । एमाले र माओवादी केन्द्रले आज पनि सहमति नगरे सरकार संबैधानिक अधिकार प्रयोग गरेर प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारीमा रहेको हो ।


