Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अमेरिकाले इरानबारे आपतकालिन बैठक डाक्न राष्ट्रसंघलाई दबाब दिंदै

Loading

बिबिसि । अमेरिकाले इरानमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने भएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले इरानमा भैरहेको विरोध प्रदर्शनको प्रशंसा गर्दै तेहरानले गरिरहेको दमनको भर्त्सना गरिन् ।

राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परीक्षण भइरहेको बताइन् । त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन् ।

सरकार विरोधी प्रदर्शनबारे छलफल गर्न अमेरिकाले राष्ट्र संघीय सुरक्षा परिषदलाई आग्रह गर्ने राजदूत हेलीले बताइन् । उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed