Breaking News.... EverestOnlineKhabar
July 2, 2026

आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटः चीनविरुद्ध नेपालको कमजोर ब्याटिङ्ग

Loading

काठमाडौ,१० मंसिर ।
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गरिरहेको छ । चीनले टस जितेर पहिले फिल्डीङ रोजेपछि ब्याटिङ्ग थालेको नेपालले कमजोर प्रदर्शन जारी राखेको छ ।
नेपालले १३ ओभरको समाप्तिमा मात्र ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको छ । नेपालले पाँचौ विकेटको रुपमा काजल श्रेष्ठलाई १६ रनमा गुमाएको छ । उनी रन आउट भईन् । यस्तै नेपालले चौथो विकेटको रुपमा रोमा थापालाई मात्र ३ रनमा गुमाएको हो । रोमालाई ११ ओभर ५ बलमा हान लिलीले आउट गरिन् ।
नेपालले तेस्रो विकेटको रुपमा १० ओभर ४ बलमा नेरी थापालाई ११ रनमा गुमाएको हो । नेरी लि होईको बलमा आउट भइन् । यसअघि नेपालले मात्र २४ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाएको थियो । नेपालले ओपनर सिता राना मगरलाई मात्र ४ रनमा गुमायो । यस्तै अर्की ओपनर ज्योती पाण्डेलाई समेत १३ रनमा गुमाएको छ । चीनकी झाङ्ग सियानसीले सिता र ज्योतिको विकेट लिएकी थिइन्।
विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्ने झिनो आशा बोकेको नेपाललाई अर्को चरणको लागि जित्नैपर्ने दबाब छ । आज कमजोर टोली चीनलाई पराजित गर्दै नेपाल छनोटको शीर्ष दुई स्थानमा रहँदै नेदरल्याण्डमा हुने ग्लोबल छनोटमा पुग्न चाहन्छ ।
तर, नेपालको अर्को चरणको यात्रामा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । अघिल्ला चार खेलमा ४ अंक जोडेको नेपाल छनोटको चौथो स्थानमा छ । सबै खेल गुमाएको चीन अन्तिम स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed