Breaking News.... EverestOnlineKhabar
June 27, 2026

महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

Loading

महोत्तरी । नेपाली कांग्रेसले महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको छ । ठाकुरलाई समर्थन गर्दै कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो उम्मेदवार बजरंग नेपालीलाई मौखिक रुपमा राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता भएको जानकारी गराएको छ । ‘केन्द्रीय कार्यालयले आफुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । ’ नेपालीले भने ‘पार्टी नेतृत्वबाट उम्मेदवारी फिर्ता लिन निर्देशन आएको छ ।’

निर्वाचनको लागि सबै परिस्थिति नेपाली कांग्रेसको पक्षमा सकारात्मक नै थियो तर आईतबार एक्कासी केन्द्रीय तहबाट उम्मेदवारी फिर्ता लिई दिनु भन्दै निर्देशन आए पछि आफु आश्चार्य चकित भएको नेपालीले बताए ।

पार्टीको यो निर्णय ठिक नभएको र यसले नेपाली कांग्रेसलाई ठूलो घाटा हुनेबारे केन्द्रलाई पनि आफुले जानकारी गराइ सकेको नेपालीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.