![]()
एजेन्सी,१९ कार्तिक ।
भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई हिरासतमा राखिएको छ ।भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको हो ।
हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन । यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ । आधिकारिक रुपमा उनीहरुलाई किन हटाइएको भन्ने खुलाइएको छैन । साउदी समाचार संस्था अल अरेबियाले भने २००९ मा जेद्याहमा आएको बाढी र २०१२ मा फैलिएको मर्स भाइरसको बारेमा नयाँ तरिकाले अनुसन्धान हुन लागेको उल्लेख गरेको छ ।
त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार नयाँ गठन भएको कमिटीको अध्यक्षलाई एरेस्ट वारेन्ट जारी गर्न वा यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको जनाइएको छ ।


